
केही समय पहिले विवादित बनेको बालुवाटारस्थित ललिता निवासमा बम फेला परेको छ । ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको भन्दै सो जग्गा विवादमा आएको थियो ।




बम राखेर नेत्र विक्रम चन्द ‘विप्लव’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले सो जग्गा कब्जा गरेको घोषणा गरेको छ । राष्ट्रको सम्पत्ती दुरुपयोग भएको भन्दै पुनः राष्ट्र मातहत ल्याउन कब्जा गरिएको विप्लव समूहले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

यस्तै, विप्लव समूहले बालुवाटार जग्गा प्रकरणमा नाम मुछिएका शोभाकान्त ढकालको घरमा पनि बम विस्फोट गराएको छ । नागार्जुन नगरपालिका–१, नर्सरी चोकमा रहेको ढकालको घरमा विस्फोट गराइएको हो ।
विस्फोटबाट केकति क्षती भएको भन्ने बारे यकिन जानकारी आइसकेको छैन । ललिता निवास परिसरको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रपञ्चका मुख्य योजनाकार भएका कारण उनको घरमा विस्फोट गराइएको विप्लव समूहले जारी गरेको अर्को विज्ञप्तीमा उल्लेख छ ।शिलापत्रबाट