मन्त्री कार्की द्वारा झापा र मोरङ जोड्ने द्रुतमार्गको शिलान्यास

झापा/ गौरादह प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले झापा र मोरङ जोड्ने द्रुत मार्गको शिलान्यास गरेका छन्

गौरादह न. पा. भित्र पर्ने उक्त सडक डिपु स्कूलचौन हुँदै  डिम्माउठ्ठा  लाई जोड्ने बताइएको छ ।  प्रदेश सरकार बाट प्राप्त १५ करोड ५२ लाख ९२ हजार ९ सय ५० रुपैँयाको लागतमा बन्न लागेको यो सडक २०७८ साल कार्तीक २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको जनाइएको छ ।

बिज्ञापन

८.६५३ किलामिटर लामो सडकको काठमाडौ स्थित धुकुछु बिटी जेभीले निर्माणको जीम्मा पाएको छ ।  निर्माण कम्पनीका प्रतिनीधी बुद्धिमान लिम्वुले समय अगावै सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका छन् ।  पूर्वाधार विकास कार्यालय झापाले यो योजनाको निरीक्षण र कार्यान्वयन  गर्ने जानकारी दिइएको छ ।

झापा र मोरङलाइ सिधा जोड्ने भएपछि स्थानीयहरु हर्षित देखिएका छन् । यस क्षेत्रका बासिन्दाले उक्त सडकलाई द्रुत मार्गको रूपमा लिएका छन् । सडक बिस्तार भए पछी दमक बाट घुमेर उर्लाबारी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

शिलान्यास कार्यक्रममा धारणा राख्दै मन्त्री कार्कीले उक्त सडक संजालले मावा पुल र मोरङको रङ्गेली हुँदै सुनसरीको दुहविबाट इनरुवा निस्केर कोशी सम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिएका थिए ।

सिलान्यास कार्यक्रममा जील्ला समन्वय समितीका सभापति सोम पोर्तेल, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठ, संविधान सभा सदस्य दिपक कार्की, गौरादह गरपालिकाका प्रमुख रोहिक कुमार शाह लगायतको सहभागिता रहेको थियो ।