
काठमाडौं : अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ । उनकी आमा रिना देवी शर्माको शुक्रवार राति ६७ बर्षको उमेरमा निधन भएको हो ।

बिज्ञापन



केहिदिन अघि दिपेक्ष विक्रम रानासँग विवाह बन्धनमा बाँधिएकी उनलाई महिनादिन नबित्दै मातृ शोक परेको छ । विवाहको समयमा नै रिना देवी बिरामी थिइन् । केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बसेको बताएकी थिइन् ।

नेपाल चलचित्र पत्रकारसंघका कोषधक्ष दिनेश सिटौलाले मातृशोकको घडिमा अभिनेत्री ऋचा शर्मासहित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि ऋचाका शुभेक्छुकहरुले सहानुभुती ब्यक्त गरेका छन् ।