सभापति एकलौटी रुपमा अघि बढे विद्रोहमा उत्रिने शेखर पक्षको चेतावनी

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक कुरा नसुनेर एकलौटी रुपमा अघि बढे आफूहरु विद्रोहमा उत्रिने शेखर कोइराला पक्षले चेतावनी दिएको छ।

पार्टी सभापति देउवालाई दबाब दिन राजधानीमा आयोजित खबरदारी कार्यक्रममा बोल्दै नुवाकोटका नेता जगदीशनरसिंह केसीले सभापति देउवाले समानुपातिकको सूचीमा पनि अन्तिमा शेखर पक्षका नेताहरुलाई समावेश गरेको र एकलौटी रुपमा सूची तयार गरेको दाबी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

बिज्ञापन

उनले भने ‘शेखर पक्षको नाम निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आठौं र नवौ नम्बरमा मात्र राखिएको छ,’ ‘पालो नआओस् भन्ने सोचका साथ यस्तो सूची बनाएको देखिन्छ।’’ ५० औं वर्ष एकै ठाउँमा बलिदान गरेका साथीहरुलाई सभापतिले समय नदिने र गठबन्धनभित्र घन्टौसम्म बैठक बसेर नहुने उनले बताएका छन् ।

केसीले पार्टी सभापतिले आन्तरिम रुपमा नमिलाइकन ४ दललाई मिलाएर वैतरणी तर्न नसक्ने उल्लेख गरेका छन् । उनले सभापति अब गुटको हुन नमिल्ने भन्दै विधान मिच्नेदेखि एकलौटी रुपमा उम्मेदवार छनोटमा आफ्ना मानिस मात्रै राखेको आरोप लगाएका छन् ।

उनले सम्मानजक रुपमा समानुपातिक र प्रत्यक्ष पाउनुपर्ने माग गरेका छन् । आफूहरुलाई कुनै पनि सिट नदिए पनि रुख चिह्नमा भोट हाल्ने भन्दै कांग्रेस एक हुनुपर्ने बताए।

समानुपातिकमा यसपटक भोट घट्न सक्ने देखिएको भन्दै कांग्रेसले त्यसका लागि समयमै सोच्नुपर्ने उनको भनाइ छ । कांग्रेसले समयमा नसोच्ने हो भने पार्टीभित्र विद्रोह हुने उनले चेतावनी दिए । पहिला पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गरेर मात्र चारदलसँग सहमति गर्न सभापति देउवालाई आग्रह समेत गरेका छन् । ४ दलसँग चाहिँ हदैसम्म लचक हुने तर कांग्रेसभित्रको कुरा नसुन्ने हो भने आफूहरुले विद्रोह गर्ने उनले चेतावनी दिएका छन् ।