विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बिज्ञापन

झापाको भद्रपुर नगरपालिका-७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका-५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।