
नेपालमा थप ३ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १२४ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । त्यस्तै थप ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
बिज्ञापन



