७४ किलो गाँजासहित २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले तरकारी बोक्ने पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नम्बरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागूऔषधसहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार पक्राउ पर्नेमा चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ, गाडीमा सवार पर्सा ठोरी-३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेकी छन् । प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।